तनहुँका प्रजातन्त्र सेनानी मोति कुमार श्रेष्ठकाे निधन

तनहुँका प्रजातन्त्र सेनानी मोति कुमार श्रेष्ठकाे निधन


प्रजातन्त्र सेनानी माेतीकुमार श्रेष्ठको निधन भएको छ । दशक लामो प्रजातान्त्रिक आन्दोलनका एक योद्धा श्रेष्ठको काठमाडौं स्थित निवासमा निधन भएकाे हाे । श्रेष्ठको आजै बैशाख ३ गते बिहान १०ः०० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जेष्ठ पुत्र एवम् व्यास २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा प्रजातन्त्रका लागि भएका तीनवटै सफल क्रान्तिमा सहभागी हुने थोरै भाग्यमानी कांग्रेसीमा श्रेष्ठ पर्दछन् । उनी २००७ सालको जनक्रान्ति, ०४६ सालको जनआन्दोलन र ०६२/६३ सालको जनआन्दोलनमा सक्रिय सहभागी थिए । श्रेष्ठको ९३ वर्षको उमेरमा बैशाख २ गते राति निधन भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page