दमाैलीकाे बागबजारमा खुलेको भागिरथ खाजा घरको खनालले गरे उद्घाटन

दमाैलीकाे बागबजारमा खुलेको भागिरथ खाजा घरको खनालले गरे उद्घाटन


तनहुँकाे व्यास नगरपालिका वडा नं २ बागबजारमा खुलेको भागिरथ लछा पराैठाकाे पत्रकार बिकास खनालले उद्घाटन गरेका छन् । तनहुँ प्रेस डट कम का कार्यकारी सम्पादक एवम् क्षेत्रीय हाेटल संघ तनहुँका बरिस्ठ उपाध्यक्ष समेत रहेका खनालले रिबन काटेर उक्त खाजा घरको उद्घाटन गरेका हुन् । खाजा घरको उद्घाटन गर्दै बरिस्ठ उपाध्यक्ष खनालले गुणस्तरीय सेवा दिइ ग्राहकको मन जित्न सुझाव दिए । खासगरी खाजाघरमा सरसफाइमा ध्यानदिनुपर्ने भन्दै उनलेे सफा र ताजा खानेकुरा दिनसके ग्राहकले खाेजिखाेजी आउने भन्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । उद्घाटन कार्यक्रममा क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईका सचिव सन्तोष दाहाल , सञ्चालक डिल्लीराम पाठक लगायतले बाेलेका थिए ।

बिगत लामो समयदेखि व्यास २ मालपोत लाइनमा रहेको खाजा घर अहिले नयाँ सेवासुविधाका साथ बागबजारमा खुलेको हाे । लामो समय इण्डियामा कुक गरेका बिशेश अनुभवी डिल्लीराम पाठकले खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

सञ्चालक पाठकका अनुसार खाजा घरमा दमाैलीमै पहिलोपटक चिकेन चटपट पाइने भएको छ । त्यसका साथै दम विर्यानि , लक्षा पराैठा , आलु पराैठा , अण्डा पराैठा ,अर्डर अनुसारको खाना खाजा , स्टाफ खाना ,फ्रेस जुस लगायतका खानेकुराहरू उक्त खाजाघरमा पाइन्छ । खाजाघरमा ५ जनालाई राेजगारी दिइएको र लगानी करिब ८ लाख रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page