आँबुखैरेनीबाट पेस्तोल सहित २ युवा पक्राउ
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट पेस्तोल सहित दुई युवा पक्राउ परेका छन् । पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना. २८ प. १५१९ नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा पछाडी सवार ती दुई युवा पक्राउ परेका हुन् ।
प्रहरी चेकजाँचका क्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं. १२ बस्ने वर्ष २५ को मिलन ढकालले भिरेको झोला भित्र लुकाई ल्याएको अवस्थामा Special Made in U.S.A. 771 लेखिएको छोटो हतियार (पेस्तोल) थान-१, ऐ.मा लाग्ने म्याग्जिन थान-१ र गोली थान-१ सहित मो.सा. र मो.सा. चालक चितवन माडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३२ को विजय तिवारी समेतलाई नियन्त्रणमा लिईएकाे आँबुखैरेनी प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवाहरू माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए ।

























