सत्यवती मा.वि.को प्रधानाध्यापकमा पौडेल
व्यास –२ स्थित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इन्द्रप्रसाद पौडेल चयन भएका छन् ।

प्रधानाध्यापकमा नियुक्त पौडेलले यस अगाडि पनि सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापको जिम्मेवारी सम्हालेका थिए । प्रधानाध्यापकमा नियुक्त पौडेलको आजै पदस्थापना कार्यक्रम समेत रहेको छ ।

























