तनहुँ समाज क्यानडाको संयोजकमा अधिकारी
तनहुँ जिल्लाबाट क्यानडा गई बस्नेहरुको भेला क्यानडा ब्राम्पाटनमा सम्पन्न भएको छ ।

भेलामा भेटघाट तथा परिचायत्मक कार्यक्रम आयोजना गरिएको थियो । भेलाले तनहुँ समाज क्यानडा नामक संस्था गठनको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।
भेलाले दिपेन्द्र अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्रारम्भिक भेला समिति समेत गठन गरेको छ । समितिको सदस्यमा धु्रव भट्राई ,सागर गुरुङ,चेतन पाण्डे , रोशन के.सी.,सुदीप खनाल र मिलन गौतम रहेका छन् ।

भेलाको प्रमुख अतिथीका रुपमा पूर्व डिआइजी विकास खनाल रहेका थिए । प्रमुख अतिथी पूर्व डिआइजी खनालले संस्थाले तनहुँ घर भएकाहरुलाई एकताबद्ध गर्नका लागि मद्धत पुग्ने बताएका थिए । साथै खनालले संस्थाले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्नका लागि सुझाव दिएका थिए ।
सो अवसरमा पूर्व डिआइजी खनाललाई तनहुँ समाज क्यानडाका तर्फबाट सम्मान समेत गरिएको थियो ।
























