थर्पुमा जेठ १४ गतेदेखि २५ गतेसम्म दाेस्राे म्याग्दे महाेत्सव हुने

थर्पुमा जेठ १४ गतेदेखि २५ गतेसम्म दाेस्राे म्याग्दे महाेत्सव हुने

थर्पु युवा क्लवको आयोजनामा जेठ १४ गतेदेखि जेठ २५ गतेसम्म दोस्रो म्याग्दे महोत्सव हुने भएको छ । थर्पु बजार स्कूल लाइन प्राङ्गणमा हुने महोत्सवको बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष नवराज हमालले समग्र म्याग्देलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्धेश्यले महोत्सव सञ्चालन गर्न लागिएको बताए । उनले भने, ‘समग्र म्याग्देको भाषा कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्धेश्य तथा आपसी भाइचारा कायम गरी समृद्ध म्याग्दे निर्माण गर्ने परिकल्पनाका साथ म्याग्दे महोत्सव आयाेजना गरिएको हाे ।

आर्थिक मन्दिले शिथिल भएको यस भेगमा व्यापारिहरुलाई चलायमान गर्न, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार, खेलाडीहरुलाई स्थानीयसँग सात्क्षात्कार गर्न, समाजमा रहेका समस्याहरु निराकरण गर्न जस्तै दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने महोत्सवको मुख्य उद्धेश्य रहेको अध्यक्ष हमालले बताए । महाेत्सवमा बिद्यार्थीलाइ छुट तथा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश र कृषिका स्टललाइ पनि निसुल्क गरिएको छ ।

पत्रकार सम्मेलनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महोत्सवले म्याग्देको प्रचारप्रसारका लागि ठूलो सहयोग पुग्ने बताए ।
महोत्सवले म्याग्दे क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने उनको भनाइ छ ।

महोत्सवबाट हुने मुनाफाले फुटबल मैदान निर्माणमा लगानी गर्ने समेत क्लवले जनाएको छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । उक्त अवसरमा क्लवका निवर्तमान अध्यक्ष गाैरबराज राना , उपाध्यक्ष सुवध आले मगर , सचिव राजन नेपाली , काेशाध्यक्ष प्रिया थापा लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page