प्रमुख जिल्ला अधिकारीद्धारा जिल्ला प्रहरी कार्यालयकाे निरीक्षण

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा प्रजिअ अधिकारीले सम्पूर्ण शाखा , व्यारेक भवन तथा कार्यरत प्रहरी जवानहरुको टर्न आउट समेत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सर्वसाधारणहरुलाई सहज रुपमा सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका थिए ।

























