भानुमा डेंगु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम

भानुमा डेंगु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम

तनहुँकाे भानु नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोगको नियन्त्रण तथा रोगथामको लागि अभिमुखिकरण कार्यक्रम गरिएकाे छ।
भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप-प्रमुख उमा गाेतामे , प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, स्वास्थकर्मी, जनप्रतिनिधि , सामाजिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधी लगाएतको सहभागिता रहेकोथियो।
   कार्यक्रममा सहभागीहरूलाई डेङ्गु रोगको कारण, लक्षण, उपचार विधि र रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख त्रिपाठीले“डेङ्गु रोग नियन्त्रण सामूहिक प्रयासमार्फतमात्र सम्भव रहेको र नगरपालिकाले नियमित सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य संस्थासँग समन्वय गरेर यो कार्यलाई प्रभावकारी बनाउने बताए। यस्तै उप- प्रमुख उमा गाेतामेले डेँगु नियन्त्रणका लागि समुदायले सरसफाइमा ध्यान दिनुपर्ने बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page