थर्पुमा बिहीबार शिव हमालले दर्शक नचाए , आज भुमिका गिरी आउने

थर्पुमा बिहीबार शिव हमालले दर्शक नचाए , आज भुमिका गिरी आउने

थर्पुमा जारी दाेस्राे म्याग्दे महाेत्सवमा बिहीबार चर्चित कलाकार शिव हमालले दर्शकहरूलाई भरपुर मनाेरञ्जन दिएका छन् । हमालले कहाँ गयो भंगेरी चरी , गाउैं रमाइलो , सालैजाे , हावा चल्यो सरर लगायतका करिब १ दर्जन गीत गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनाेरञ्जन लिएका थिए।
दैनिक राष्ट्रिय कलाकार ल्याएर दर्शकहरूकाे मन जितेको महाेत्सव आयाेजकले आज शुक्रवार प्रख्यात राष्ट्रिय कलाकार भुमिका गिरी ल्याउने भएको छ । भुमिका आउने भए पछि शुक्रबार साँझ दर्शकको उपस्थिति बढ्ने आयाेजकले जनाएको छ ।

थर्पु युवा क्लवको आयोजनामा जेठ १४ गतेदेखि जेठ २५ गतेसम्म दोस्रो म्याग्दे महोत्सव भइरहेको छ । थर्पु बजार स्कूल लाइन प्राङ्गणमा भएको महोत्सवले समग्र म्याग्देलाई राष्ट्रिय स्तरमा परिचित गराउ मद्दत गरेको छ । ‘समग्र म्याग्देको भाषा कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्धेश्य तथा आपसी भाइचारा कायम गरी समृद्ध म्याग्दे निर्माण गर्ने परिकल्पनाका साथ म्याग्दे महोत्सव आयाेजना गरिएको आयाेजक थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालले बताए ।

आर्थिक मन्दिले शिथिल भएको यस भेगमा व्यापारिहरुलाई चलायमान गर्न, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार, खेलाडीहरुलाई स्थानीयसँग सात्क्षात्कार गर्न, समाजमा रहेका समस्याहरु निराकरण गर्न जस्तै दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने महोत्सवको मुख्य उद्धेश्य रहेको अध्यक्ष हमालले बताए । महाेत्सवमा बिद्यार्थीलाइ छुट तथा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश र कृषिका स्टललाइ पनि निसुल्क गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page