ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखी ट्राफिक सप्ताह सुरु

ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखी ट्राफिक सप्ताह सुरु

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे आयोजनामा “ट्राफिक सप्ताह २०८२” आइतबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ । गण्डकी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८२ भव्यताका साथ सफल पार्नको लागी जेठ २५ गते आइतबार बिहान दमाैलीमा प्रभातफेरी -याली हुने ट्राफिक प्रमुख इन्स्पेक्टर कृष्णबहादुर चन्दले बताए । प्रमुख चन्दले प्रभातफेरीमा सहभागी हुनका लागि सबैमा आग्रह गरेका छन् ।

प्रहरी निरीक्षक चन्दका अनुसार ट्राफिक सप्ताह अन्तर्गत तनहुँका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछ। यी कार्यक्रममार्फत ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी साधन सञ्चालनका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page