आँबुखैरेनीमा भूमि समस्या समाधान सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम

आँबुखैरेनीमा भूमि समस्या समाधान सम्बन्धी  अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम

आँबुखैरेनी गाउँपालिकाको सहजीकरण तथा भूमि समस्या समाधान आयोग जिल्ला समिति तनहुँको आयोजनामा भूमि समस्या समाधान सम्बन्धी एक दिवसीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आयोगका जिल्ला संयोजक गोविन्दराज सिलवाल रहेका थिए । कार्यक्रममा आयोगका जिल्ला समिति सदस्य तथा विज्ञ श्रीराम कार्की, महिला सदस्य आशा थापा, सदस्य रामचन्द्र उपाध्याय, र सदस्य-सचिव विजयकुमार सिंह अतिथि रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा अर्यालले गरेकी थिइन् भने भूमि सम्बन्धी ऐन, नियम, तथा कार्यप्रणालीका विषयमा जिल्ला नापी कार्यालयका प्रमुख समेत रहनुभएका सचिव विजयकुमार सिंहले प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा पालिका स्तरीय सहजीकरण समितिका सदस्यहरू, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, तथा नापी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।वक्ताहरूले आयोगको उद्देश्य, कार्य पद्धति, र स्थानीय तहसँगको सहकार्यका सम्भावनाबारे प्रकाश पार्दै आयोगमार्फत हुने भूमिहिन सुकुम्बासीहरूको समस्या समाधान प्रक्रियालाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।गाउँपालिकाका अनुसार दोस्रो चरणका लागि ४६ जना भूमिहिन सुकुम्बासीको नाम प्रमाणीकरण गरी आयोगमा पठाइसकिएको छ भने हालसम्म १३ जनालाई जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिइएको छ।गाउँपालिकाले आगामी दिनमा बाँकी भूमिहिन परिवारलाई पनि प्रमाणिकरण प्रक्रिया अघि बढाउँदै पुर्जा वितरणको कार्यलाई थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page