आँबुखैरेनी गाउँपालिकाले दियो मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

आँबुखैरेनी गाउँपालिकाले दियो मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन प्रवर्द्धन गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत मास, मह र गुन्द्रुक उत्पादनमा संलग्न कृषकहरूलाई प्रति केजी २५ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा सूचीकृत रहेका कृषक समूहहरूद्वारा उत्पादन गरी रिपोर्ट गरिएका परिमाणको आधारमा अनुदान रकम वितरण गरिएको हो। उत्पादन र कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरी अनुदान वितरण गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, “उक्त अनुदान कार्यक्रमले कृषकहरूमा उत्साह थपेको छ, उत्पादनमा वृद्धि भएको छ र बाँझो जमिनको उपयोग पनि हुन थालेको छ। आगामी वर्षहरूमा यसले गाउँको समग्र कृषि प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।”
यस कार्यक्रमबाट स्थानीय उत्पादनमा आत्मनिर्भरता, कृषकहरूको आयवृद्धि र गाउँको समग्र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page