ट्राफिक प्रहरी तनहुँकाे रक्तदानमा १८ पिन्ट रगत संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे आयोजनामा आइतबार देखी विभिन्न कार्यक्रम गरी “ट्राफिक सप्ताह २०८२” मनाइएको छ । त्यसै सन्दर्भमा सुक्रवार दमाैलीमा रक्तदान भएको छ । रक्तदान कार्यक्रममा १८ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेश स्तरिय ट्राफिक सप्ताह सफल पार्नको लागी दमाैलीमा प्रभातफेरी -याली सँगै विभिन्न कार्यक्रम भएको ट्राफिक प्रमुख इन्स्पेक्टर कृष्णबहादुर चन्दले बताए ।

प्रहरी निरीक्षक चन्दका अनुसार ट्राफिक सप्ताह अन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू भएका छन् । यी कार्यक्रम मार्फत ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी साधन सञ्चालनका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गर्ने काम भएको छ । ट्राफिक सप्ताहकाे सनिवार समापन हुँदैछ ।

























