निजामती कर्मचारी युनियन तनहुँ द्वारा अक्षयकोष स्थापना
नेपाल निजामती कर्मचारी युनियन तनहुँले अक्षयकोष स्थापना गरेको छ । नेपाल निजामती कर्मचारी युनियन तनहुँकाे नवाैँ जिल्ला अधिवेशन कार्यक्रमका अवसरमा अक्षयकोष स्थापना गरिएको हाे ।

कर्मचारी युनियनमा आवद्धहरूबाट सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा आबद्ध रहेका कर्मचारीकाे छाेराछाेरी दुईजना एसइइमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार दिने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको हाे । कर्मचारी युनियनको स्थापना दिवस अवसरका दिन उक्त पुरस्कार दिइने छ । २ लाख २२ हजार २ सय २२ रूपयाँकाे अक्षयकोष स्थापना गरिएको कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिशेश्वर सुवेदीले बताए ।

























