म्याग्दे साहित्य तथा सस्कृति मेला सम्पन्न

म्याग्दे साहित्य तथा सस्कृति मेला सम्पन्न


म्याग्दे साहित्य समाज तनहुँको आयोजना गरिएको म्याग्दे साहित्य तथा सस्कृति मेला सम्पन्न भएको छ । त्यस अवसरमा गन्र्धव समुदायद्धारा संस्कृति प्रस्तुतिका सार्थै साहित्यकारलाई लघुकथा लेखनमा अब्बल बनाउने उद्धेश्यले प्रशिक्षण प्रदान गरिएको थियो । म्याग्दे गाउँपालिकाको आर्थिक सहयोगमा समाजले मेला तथा प्रशिक्षण प्रदान गरेको हो । गन्धर्व समुदायबाट धनेश्वर गन्र्धव, हरिबहादुर गन्र्धव, विष्णु गन्र्धव र अमृत गन्धर्वले दिनु भएको सास्कृति प्रस्तुतिले रौनकता प्रदान गरेको थियो ।
छोटो समयमा पढ्न सकिने पाठक वा श्रोतामाझ तीव्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गइरहेकाले प्रशिक्षण प्रदान गरिएको समाजका अध्यक्ष नारायणप्रसाद खनालले बताउनुभयो । गहन अध्ययन तथा अभ्यास गरे मात्रै स्तरीय कथा जन्मिने प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । एक दिने प्रशिक्षणको शनिबार उद्घाटन गदै म्याग्दे गाउँपलिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भाषा, साहित्य, सस्कार तथा सस्कृति संरक्षणको लागि गाउँपालिकाले सहयोग गर्दै आएको र आगमी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले समाजलाई उन्नत, विकसित र सभ्य बनाउन लेखकको भूमिका हुने भएकाले गाउँपालिकाले साहित्यलाई बजेट विनियोजन गरिरहेको बताउनुभयो ।
प्रशिक्षणमा साहित्यकार टुकादेवी पौडेल आचार्यले नेपाली लघुकथा लेखनका अभ्यास र चुनौतीहरु विषयक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रशिक्षक समेत रहनु भएकी पौडेलले लघुकथाले छोटकरीमा मानव जीवनका विविध पक्षहरुलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्ने भएकाले लोकप्रिय बन्दै गएकोले लघु कथामा कलम चलाउनेहरुको भविष्य राम्रो भएको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘सामाजिक सञ्जाल मार्फत लघुकथा लेखन र प्रकाशन सहजकता बढेको भएपनि लेखनहरुमा गहिरो कथ्य, शैलीगत संयमता र प्रभावकारिताको कमी छ ।’ नेपाली लघुकथा वर्तमान समयमा सशक्त सामाजिक चेतनाका बाहक बन्दै गइरहेकोले यसलाई दिर्घकालिन साहित्य विधामा स्थापित गर्न सुधार आवश्यक रहेको बताउनुभयो । साहित्यकार डा. वासुदेव काफ्लेले समाजमा घटित घटना विशेषलाई एकाकार गर्दै विषय, पात्र, संवाद, परिवेश, भाषाशैली र उद्धेश्य वा सार तìवमा ध्यान दिएमा अब्बल लघुकथा लेख्न सकिने बताउनुभयो । यस्ता प्रशिक्षणले प्रभावकारी लेखन बनाउन टेवा पुग्ने विश्वास व्यक्त उहाँले गर्नु भयो । वर्तमान समयमा लघुकथाले प्राप्त गरेको लोकप्रियतासँगै गुणस्तर कायम गर्नुपर्ने चुनौतिलाई यस्ता प्रशिक्षणले सहयोग गर्ने साहित्यका अम्बिकाप्रसाद भट्टराईले बताउनुभयो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्ष गौकुमारी न्यौपानेले साहित्यले समाज परिवर्तनमा विशेष भूमिका खेल्ने भएकोले चेतना मुलक लघुकथा लेख्न साहित्यकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अभिनव व्यास चन्द्रमणी अधिकारी र ट्रगल रानाले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद खत्री क्षेत्री, तनहुँ सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष तथा चण्डीदेवी माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक हरिशरण पण्डित, स्थानीय साहित्यकारहरु माधव भारद्धाज, दोधराज रेग्मी, शारदा काफ्ले, समाजका सचिव बन्धुराज अधिकारी लगायतले धेरै लेख्न भन्दा थोरै लेख्ने र प्रभावकारी लेख्नु उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा समाजले चारजना सष्ट्रलाई सम्मान गरेको थियो । चन्द्रमणी अधिकारी अभिनव व्यास, कालीदास भट्टराई र ऋषिराम भट्टराईलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।


चित्रकला प्रतियोगितामा श्रेष्ठ प्रथम
यसैबीच समाजले राखको चित्रकला प्रतियोगिमा पसले आधारभूत विद्यालयको छात्रा स्नेहा श्रेष्ठ प्रथम, जनगणपति माध्यामिक विद्यालयका छात्रा सुस्मिता सारु मगर द्धितीय र महेन्द्र माध्यामिक विद्यालयकी छात्रा सजिना थापा तृतीय हुनु भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page