ऋषिङ्गमा स्राेत शिक्षकका लागि सुचना प्रविधि तालिम

ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित ५ दिने “IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम” पाँच दिवसीय कार्यक्रम सम्पन्न भएकाे छ । तालिम कार्यक्रममा सत्यवति मा वि दमाैलीका शिक्षक रेशम खुलाल, निर्मल मा .वि .का शिक्षक राजिव श्रेष्ठ , सूचना प्रविधी अधिकृत आन्नद वाग्ले , लेखा अधिकृत दिनेश कुमार तिम्सेना लगायतले सहजीकरण गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइकाे संयाेजकत्वमा भएको तालिमले शिक्षकहरुकाे व्यवसायिक र पेशागत विकासमा एउटा महत्वपुर्ण काेसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । यस किसिमका तालिमले आगामी दिनमा विद्यालयकाे शिक्षण सिकाइ तथा कक्षाकाेठाका क्रियाकलाप, विद्यालयकाे प्रशासनिक, शैक्षिक , आर्थिक , व्यवस्थापकीय तथा अन्य पक्षमा सूचना प्रविधीकाे उपयाेग भइ शैक्षिक गुणस्तरमा अभिवृद्दि पुग्ने विश्वास ऋषिङ्ग गाउँपालिकाले लिएकाे छ ।

























