म्याग्दे गाउँपालिका द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाइ सहायक सामाग्री वितरण

म्याग्दे गाउँपालिका द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाइ सहायक सामाग्री वितरण

तनहुँकाे म्याग्दे गाउँपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाइ सहायक सामाग्री वितरण गरेको छ । साेमबार गाउँपालिकामा आयाेजित कार्यक्रममा पालिका भित्रका ९६ जनालाई सहायक सामाग्री वितरण गरिएको हाे ।

जसमध्ये बैशाखी ४० वटा , लाैराे ४० वटा , हस्पिटल बेड १ वटा र ट्वाइलेट ह्विलचियर २ तथा ह्विलचियर १३ वटा रहेका छन् ।
सहयोग वितरण कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ग र घ वर्गका अपांगता भएका व्यक्तिहरूलाइ पनि गाउँपालिकाले सम्बाेदन गर्ने गरेको बताए । संघ बाट क र ख बर्गलाइ मात्रै सहयोग आएकाे अवस्थामा गाउँपालिकाले ग र घ बर्गलाइ सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहयोग कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले फरक क्षमता भएका व्यक्तिहरूकाे लागि उहाँहरूकै मागको आधारमा गाउँपालिकाले सहयोग सामाग्री हस्तान्तरण गर्ने गरेको बताए । उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , गापा प्रवक्ता एवं वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , ३ का अध्यक्ष टुकराज अधिकारी कार्यपालिका सदस्य बद्रीका घिमिरे , स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे , महिला शाखा प्रमुख सुकुमाया राना लगायत अन्य जनप्रतिनिधि र सराेकारवादाहरूले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page