दमाैली आसपास आज तीन घण्टा बत्ती जाने
दमाैली आसपासका भागमा आज तीन घण्टा बत्ती जाने भएको छ । पोखरा- मुग्लिङ सडक बिस्तार आयोजना अन्तर्गत व्यास-१, गल्बुबेशीमा रहेको ट्रान्स्फर्मर सार्नुपर्ने भएकोले मंगलबार बिहान ७:०० बजेदेखी -१०:०० बजेसम्म बत्ती जाने विजुली अफिस तनहुँले जनाएको छ ।

गल्बुबेशी , सिमलटार , ताल्घारे, भादगाउँ ,अमरापुरी , बिसघरे,चारकुने, लिचिघारी लगायतका क्षेत्रको बिधुत् अवरुद्ध हुने ने.वि.प्रा ,तनहुँ वितरण केन्द्रले जानकारी दिएको छ ।

























