व्यास नगरपालिकाको बेरूजु ६ करोड ८ लाख ५७ हजार

व्यास नगरपालिकाको बेरूजु ६ करोड ८ लाख ५७ हजार

व्यास नगरपालिकाको बेरूजु ६ करोड ८ लाख ५७ हजार देखिएको छ । रु. ३ अर्व २५ करोड ५४ लाख १२ हजारको लेखापरीक्षण गरिएकोमा रु ६ करोड ८ लाख ९७ हजार बेरुजू देखिएको हाे । सो सम्बन्धमा रु.११ लाख ८ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु आर्थिक कार्यप्रणालीको लेखाङ्कन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा रहेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ । पालिकाले पेश गरेको प्राप्ती र भुक्तानीको एकिकृत वार्षिक प्रतिवेदन (म.ले.प. फा. नं. २७०) मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको रू. ३०,३६,५०,२७७- र पर्यटन पूर्वाधार विकास आयोजनाको रु. ३,१०,८१,९६५।०० गरिवसंग विशेश्वर कार्यक्रम रु. ४१५०००।०० समेत गरी रू. ३३,५१,४७,२४२।०० सुत्रमा समावेश गरेको छैन।

महालेखाले असुल गर्नुपर्ने रू. १७ लाख ८१ हजार , प्रमाण कागजात पेस गर्नुपर्ने रू.१ करोड ५३ लाख १९ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ४२ लाख ५३ हजार र पेस्की बाँकी रु. ८४ लाख ३७ हजार रहेको जनाएको छ। गत वर्षसम्म रु.४५ करोड ८६ लाख ३० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.४९ करोड ५३ लाख ४१ हजार रहेको उल्लेख गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page