जलस्रोत तथा सिंचाई विकास डिभीजनको कार्यालय भानुमा स्थानान्तरण हूँदै

जलस्रोत तथा सिंचाई विकास डिभीजनको कार्यालय भानुमा स्थानान्तरण हूँदै


हाल गोरखामा रहेको जलस्रोत तथा सिंचाई विकास डिभीजन कार्यालय तनहुँकाे भानु आउने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम यही आर्थिक वर्ष २०८२ श्रावण महिनाबाट उक्त कार्यालय भानु नगरपालिकामा स्थानान्तरण हुने भएको हाे ।

गण्डकी प्रदेशको तनहूँ , लमजुङ , गोरखा र मनाङ गरी ४ जिल्लामा कार्यक्षेत्र रहेको उक्त कार्यालयले पहिरो नियन्त्रण,सिंचाईका क्षेत्र ,सिंचाई डीप बोरिङ आदि क्षेत्रमा कार्य गरीरहेको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीको सक्रियताले उक्त कार्यालय भानुमा ल्याउन सम्भब भएको बताइएको छ ।
आगामी आर्थिक वर्षमा ४ जिल्लाका कार्य क्षेत्रमा करिव ५० करोडको पूँजीगत क्षेत्रमा उक्त कार्यालय आफनो कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page