संकल्प ऐकल महिला सशक्तीकरण संस्था म्याग्देकाे अध्यक्षमा पुनः धनमाया

श्री संकल्प ऐकल महिला सशक्तीकरण संस्था म्याग्देकाे दाेस्राे साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुन: धनमाया आलेलाइ सर्वसम्मत निर्वाचित गरेको छ । बुधबार म्याग्देकाे सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा ईश्वरी श्रेष्ठ , सचिवमा कमला कुमाल , सहसचिवमा कृष्णमाया बस्याल र काेशाध्यक्षमा अनिता थापालाई चयन गरेको छ ।

यस्तै अधिवेशनले सदस्यहरूमा कुलकुमारी गुरूङ , माया विक , लक्ष्मी सुनार , सत्यकला न्याैपाने , पुनम थापा , सरला अधिकारी , सीता परियार , तिलुमाया कुंवर , ईश्वरी वाग्ले , मिना नेपाली , पदम माया थापा र गिता गुरूङ चयन भएको म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य जानकी थापाले बताइन् ।
त्यसअघि भएको उद्घाटन कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , निवर्तमान अध्यक्ष मायादेवी राना लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा एकल महिलाहरू मध्येबाट सातवटै वडामा एकएक जना आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरूलाइ पाँच हजारका दरले सहयोग तथा सम्मान गरिएको थियो ।

























