सपना, संघर्ष, पश्चताव र सफलता मिश्रित ५ वर्ष

सपना, संघर्ष, पश्चताव र सफलता मिश्रित ५ वर्ष

लेखक- विधान पौड्याल
कुश्मा नगरपालिका-०१ पर्वत
२०७६ सालको अन्त्यतिर बाट पृथ्वीनारायण क्याम्पसमा कानूनी यात्राको प्रारम्भ भएको थियो । गरुङ्गा सपना, कलिलो वुद्धि, मलिनो मन र खुब धेरै आत्म विश्वास बोकेर यो यात्राको शुरुवात गरेको थिएँ । भगवानको कृपाले प्रवेश परीक्षा राम्रो भयो । काठ्माडौँको अवसरलाई लत्याउँदै पोखराले मस्तिष्कमा जमाएको मनोभावले युद्ध जित्यो र काठमाडौंदेखि टाढा पोखरामा अध्ययनको शुभारम्भ भयो।
सपना त कति हुन कति । सायद कलिलो वुद्धिको आकाङ्क्षा थिए त्यी । वकील देखे वकालत मा भिविष्य खोजियो, अदालतमा जाँदा न्यायाधीश को कुर्सीमा बसेको कल्पना गरीयो, न्याय सम्पादन गरेको गर्व गरियो , कर्मचारी देख्दा देशको स्थायी खम्बा भएर देशको बोझ उठाईयो भन्ने सम्मका सपना यो मस्तिष्क र मनको जोडीले खुब राम्रो सँग बुनेका थिए ।
साथी भन्ने निकै वजनदार शब्दको भाव र व्याख्या मैले यो ५ वर्षमा बुझेको छु । मेरा त्यी हातको औलामा गन्न सकिने साथीहरु (यद्दपी कोही कसैसँग पनि वैरभाव रहेन, नराम्रो भएन) जस्ले यो पाँच वर्षको लामो बाटोमा कहिले घाम बनेर कहिले छाहारी बनेर मलाई अडिक बनाई राखेँ । सायद मैले पोखरालाई रोज्नुको साट्टोमा पोखराले मलाई दिएको अमूल्य उपहार थिए त्यीनीहरु । यो शब्दले न काहिलै रुप हेर्यो, न धन, न धर्म, न जात, न लिङ्ग हर्यो त केवल निस्वार्थ माया, र दरीलो साथ ।
पृथ्वी नारायण क्यापस र राजनीति एक अर्काका परिपूरक हुन् त्यसमाथी कानूनका विद्यार्थीहरु राजनीतिक चेतमा अरु भन्दा केही अगाडी हुन्छन् । राजनीति नै त गरिएन तर केही समय कार्यकता भईयो, फेसबुके नेता भईयो तर बिद्यार्थीको मुद्दा र समस्याको जगमा उभ्बभिएर टिके प्रथा, भौगोलको राजनीति, चापलुसी र ज्यू हुजुरको व्यवस्था जसले विचार र सिद्दान्तलाई सुलीमा चढाएका छन्, विद्यार्थीको मुद्दालाई आफ्नो राजनितिक कद बढाउने मार्गका रुपमा प्रयोग गरेका छन् यो देखेर आजित भइयो । नीति र राज्यको सम्बन्ध त थाहा थियो तर पृथ्वी नारायण क्यापसकमा हुने भूगोलको निषेध, सिद्धान्तको वेविचार र विद्यार्थीलाई वलिको बाख्रो बनाउने राजिनीति जानिएन र जान्ने प्रयास गरिएन पनि ।
नेपालको शैक्षिक प्रणालीमा कसैको वुद्धिमताको तय उसको परीक्षाको नम्बरले गर्ने गरिन्छ । त्यहाँ व्यवहारीक पक्षलाई त यसरी फाँसीमा चढाईन्छ मानौ उ कुनै जघन्य अपराधि हो । मैले पनि समाजको पक्ष लिए र सेति खोला लुके जसरी लुकाईदिए व्यवहारीक पाटो । शुरुमा क्याम्पसको उत्कृष्ट विद्यार्थीको रुपमा परिचित त भएँ तर अदालतको काम कर्तव्य, न्यायको परिधी, सामाजिक विसङ्गती र कानूनको आवश्यकता बारे मलाई न कुनै ज्ञान थियो न जान्ने इच्छा नै । परीक्षाको नम्बरले यसरी एकात्मक शासन गरीरहेको थियो की वुद्धीको पृथकीकरण अरु विषयमा गर्नु पर्छ भन्ने सोच काँहि कतै थिएन । चाहिएको थयो नम्बर र सोही अनुरुप पाईरहेको थिएँ नतिजा तर काही कतैबाट कसैले “तिमी त कानूनको बिद्यार्थी एउटा तम्सुक लेखिदेउ न” भन्दा २०७२ सालको भूकम्पको भन्दा ठूलो कम्पन मेरो मनमा आउथ्यो र त्यी मार्कसिटका नम्बरले सर्कसको जोकर सरह सम्झिन्थे । विस्तारै न्याय बुझियो, न्यायको मूल्य बुझियो, समाज बुझियो, विसङ्गती बुझियो र परीक्षाको नतिजा सँगसँगै व्यवहातीकताको आवश्यकता बुझियो ।
बाबा, मम्मी र दाईको माया, स्नेह, आशिर्वाद र मार्गदर्शनले ७ औँ सेमेष्टरमा अध्ययन गर्दै गर्दा लोकसेवा आयोग न्याय समूह राजपत्र अनाङ्कित प्रथम श्रेणीमा सिफारिस भई श्री उच्च अदालत पोखरामा सिफारिस भएँ । तर त्यो सफलता नभऐई गरेको परिश्रम केही प्रतिफल पाएको रुपमा मात्र लिए मैले । त्यो भन्दा बढी खुसि बाबा, मम्मी र दाईको गर्वे उच्च भएको शिर देखेर लाग्यो र सोचे यही त रहेछ आखिर सुखको अनुभूती । परिवार खुशी थियो म त्यसैमा खुशी । म सम्झन्छु त्यो क्षण, मेरो खुसी सबैको लागी खुशीको पल थियो तर थिए कोहि अपवादहरु ! जो खुशीको नाटक गरिरहेका थिए जुन उनीहरुको मुहारबाट प्रकट मनोवृत्तीले जनाइरहेको थियो । पृथ्वी नारायण क्याम्पसले जोडेका साथीहरुको प्रश्न भनौ वा जिज्ञासा वा ग्रसित मनोबिज्ञान “इन्टरभिउको लागी छनौट भएकामात्र हौ की नाम नै निस्कियो, इन्टरभिउ पो दिएको हो कहाँ नाम निस्ककेको हो र!!” आदी इत्यादी । मेरो मुखले केही जवाफ दिएन उनीहरुलाई । मुख नबोलेसी नराम्रो भइन । त्यसैले भनेको हुँ कसैसँग वैरभाव छैन तर हातको औलामा गन्ने साथी छन् भनेर ।
मैले समाज बुझेँ, मानिस बुझेँ यो ५ वर्षको समयमा । गाउँको सिकाइमा हुर्केको पढेको केटो समाजलाई एउटै चस्माले हेर्थेँ । सबै हामी जस्तै त हुन भन्ने भाव थियो मनमा । तर यो सहर यी सहरीया र यीनीहरुको व्यवहारलाई हेर्न मुहुर्त अनुसारको चस्माको आवश्यक हुने रैछ । स्वार्थको सम्बन्ध कतिले बनाए, कतिले प्रयोग गरे अहिले सम्झनामा त छ तर बोलिन ! बोल्न आवश्यक पनि ठानिन । मेरो लेभल मिलेन यो सहर र यी सहरीया सँग र म नबोलेरै वैरभाव बिनाका साथी कमाउन सफल भएँ ।
यो ५ वर्षमा के के गरिएन । हाम्रो परीक्षा लिनु भनी क्याम्पस प्रशासनलाई झकझकाउन गइयो, नियमित रुपमा कक्षा संचालन त एक कल्पनाको विषय मात्र थियो तर पनी कल्पनामै रमाएर विताएयो यो समय । यहाँ बिद्यार्थी राजनीतिक पृष्ठभूमीका , शिक्षक राजनीतिक पृष्ठभूमीका, कर्मचारी राजनीतिक पृष्ठभूमीका……राजनीति!!राजनीति!!राजनीति!!!! समस्याको समधान विरलै भेटियो, पीडित भइयो र लाचार भइयो । ज्ञान नभएको होइन, कार्यविधि थाहा नभएको पनि होइन तर शिक्षकबाटै(अमुख) नियोजित रुपमा (राजनीतिक पुर्वाग्रह) बारम्बार नितिगत त्रुटीहरु भईरहे । विद्यार्थीको पहिचान उस्को कार्यदक्षता, क्षमता, पढाई हेरेर होइन राजनीतिक आस्था, क्रियाशिलता, नातावाद, कृपाबाद बाट बारम्बार भइरह्यो । कथित कानूनको सचेत विद्यार्थी म, प्रश्न नगर्ने र कुरा नै भएन । प्रश्न गरीयो, प्रशासन झकझकाइयो आफ्नो कुरा राखियो तर अर्को पटक झन ठुलो आँखि भइयो । म सम्झन्छु अझै पनि २०८१ सालको मध्य तिरको कुरा । एक आमुख शिक्षक कानून संकायको ठुलै पदमा हुनुहुन्थो । त्यती बेला निश्चित विद्यार्थीहरु प्राक्टिकल नम्बरम पारदर्शिता र न्यायपूर्ण भएन भन्ने माग राखेका थिए । उहाँको व्यवहार, चरित्र र जवाफदेहिताको रवाफ देखेर हामी छक्क पर्यौ । एक क्याम्पस स्तरको शिक्षक यती स्तरहिन कसरी हुन सक्छ । जवाफ आएन आयो त केवल धम्की मात्र । पदीय मर्यादा त परको कुरा मानवताको पनी धज्जिया उडाउनुभयो उहाँले । पदीय जिमेवारीमा रहेका व्यक्तिलाई कुन विषयमा पुनर्योग गर्न पाहिन्छ, पाहिदैन भन्ने न्यूनतम ज्ञान समेत थिएन । मेहिनत गरीयो खुब मेहिनत गरियो मुट कोर्ट लगायत अन्य व्यवहारीक पक्षहरुमा तर हाम्रो व्यवहारी ज्ञानलाई मजाक बनाईयो र पुजियो राजनीतिक शक्तिलाई । उहाँको शक्ति उहाँकै भक्ति । अर्को सेमेष्टरमा झनै ठूलो फल पाइयोः देखियो शक्तिको प्रयोग । मेरो निश्चित सपनाको लागी कयैँ थोक त्यागेर गरेको मेहिनतको फल शक्तिमा रहेको मान्छेले यसरी लथालिङ्ग पारिदियो की पापी कुम्भकर्णले धर्मका लागी लडेका सुग्रीप सेनालाई तितर वितर पारे जसरी । लाज पनि लजाउने कार्य भयो । तर पनि के नै गर्ने सकियो र पश्चताव बाहेक ।
पछुतो छ । धेरै नै ठूलो पछुतो । प्रवेश परीक्षा पछिको काठमाडौंको मलिन पुकार सम्झन्छु र चट्ट माया मारेको काठमाडौंले अवर दिदाँ दिदै विद्यार्थीको सुनौला सपनाको चमकलाई कालो बादल बनेर ढाकिदिने शिक्षक भएको ठाउँमा आएको धेरै नै ठूलो पश्चताव छ । श्रीमतभागवतगीताको श्वलोक “कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ” सम्झनछु र सबै कर्मको लेखा जोखा हुनेछ भन्ने आशमा बसेको छु ।

मिठा र नमिठा दुवै अनुभवहरु छन् यो ५ वर्षको दौरानमा । सपना सांचियो, मेहिनत गरीयो केहि हदसम्म सफल पनि भइयो तर पनी अन्तिममा पृथ्वी नारायण क्याम्पस कानून संकाय प्रशासन, अमुख शिक्षक, यहाँको परिपाटिले गर्दा यो ठाउँ रोजकोमा पछुतो र सो निर्णयको पश्चताव भने जिन्दगी भर हुनेछ । तर यो ठाउँले सिकाएको पाठ, जुराएको मित्रता र म लाई म हुन मद्दत गरेको गुन भने कहिल्यै विर्सने छैन ।

सपनालाई सार्थकता दिन के के गरिएन, हद सम्मको प्रयास, मेहिनत र परिश्रम ! तर कति उपयोगी बने कति निर्अर्थ त्यो त भिविष्यले लेखाजोखा गर्ने नै छ।
सम्पूर्ण साथीहरुमा मिठो सम्झना ।।।।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page