कलेजाे सम्बन्धि गम्भीर बिरामी थापालाई रास्वपा म्याग्देकाे आर्थिक सहयोग

कलेजाे सम्बन्धि गम्भीर बिरामी थापालाई रास्वपा म्याग्देकाे आर्थिक सहयोग


कलेजाे सम्बन्धि गम्भीर बिरामी देउबहादुर थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देले आर्थिक सहयोग गरेको छ । पार्टीको स्थापना दिवसको अवसर पारेर म्याग्दे ५ साउनेपानी निवासी बिरामी थापालाई नगद १२ हजार ८ सय ५० सहयोग गरेको रास्वपा म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।

बिगत लामो समयदेखि कलेजाे सम्बन्धि राेगबाट ग्रसित थापालाई उपचारमा केही सहयोग पुगाेस् भनेर पार्टीका साथीहरू बाट स्वस्फूर्त रूपमा रकम संकलन गरि सहयोग गरिएको सभापति अधिकारीले जानकारी दिए । अधिकारी नेतृत्वको टाेलिले थापाको निवासमै पुगी उनको आमा रितुमाया थापालाई उक्त रकम हस्तान्तरण गरेका थिए । सहयोग गरेकोमा आमा रितुमायाले अधिकारी सहितको टाेलिलाइ धन्यवाद दिएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page