महिला संघ म्याग्देकाे सभापतिमा राधा

महिला संघ म्याग्देकाे सभापतिमा राधा

नेपाल महिला संघ म्याग्देकाे सभापतिमा राधा घिमिरे सर्वसम्मत चयन भएकी छन् । सनिवार बेल्टारमा सम्पन्न अधिवेशनबाट उपसभापतिमा विष्णु काेइराला , सचिवमा कमला शाही , सहसचिवमा इन्दिरा खनाल र काेषाध्यक्षमा अनिता रानाभाट वाग्ले चयन भएका छन् । यस्तै समितिकाे सदस्यमा शाेभाकुमारी श्रेष्ठ , श्रीमाया थापा र विष्णुमाया गाेराेन्जा चयन भएका छन् ।

त्यसअघि भएको उद्घाटन कार्यक्रम सभापति कुमारी रानाकाे सभापतित्वमा सम्पन्न भएको थियोे । कार्यक्रम काे उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठले महिलाहरू देशको ठुलो सक्ति भएको बताए । महिलाहरूकाे आवाज , अवसर र हकअधिकारकाे बालेमा बाेल्ने काङ्ग्रेस मात्रै भएको उनले बताए ।

कार्यक्रममा महासमिति सदस्य मायादेवी राना , अधिवेशन संयाेजक तारा अधिकारी , महिला संघ उपसभापति चन्द्रकला भट्टराई ,म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , महाधिवेशन प्रतिनिधि भक्त श्रेष्ठ , नेताहरू हुत्तमणी अधिकारी ,चिनिमाया थापा , मिनबहादुर चदाराे , सन्देश अधिकारी , अच्युत काफ्ले , रमेश अधिकारी , बालचन्द्र घिमिरे , सुभद्रा घिमिरे , कमला खनाल , राधाकुमारी घिमिरे , सुनिता खनाल , राेशनी आले लगायतले बाेलेकाे काङ्ग्रेस जिल्ला सदस्य पवित्रा खनालले जानकारी दिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page