आँबुखैरेनी गाउँपालिकाको १७ औँ गाउँसभामा ६२ करोड ८ लाखको बजेट सार्वजनिक

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि कूल ६२ करोड ८ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाकाको सत्रौ गाउँसभामा मंगलबार गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले आगामी आर्थिक वर्षको लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।

आबुँखैरेनीले कुल बजेट मध्ये आर्थिक विकास तर्फ ५ करोड ८४ लाख ९ हजार, पुर्वाधार विकास तर्फ २१ करोड १९ लाख ९४ लाख ४५ हजार, संस्थागत विकास तथा शुसासन तर्फ ११ करोड ५३ लाख ९० हजार तथा सामाजिक विकास तर्फ २३ करोड ५१ लख ३८ हजार रुपैयाँ बिनियोजन गरेको छ ।
यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको चुमानले बताए ।

























