नेपाल महिला संघ शुक्लागण्डकीकाे अधिवेशन बुधबार हुने , सभापतिमा शारदा र अन्जुकाे चर्चा

नेपाल महिला संघ शुक्लागण्डकीकाे अधिवेशन बुधबार हुने , सभापतिमा शारदा र अन्जुकाे चर्चा

नेपाल महिला संघ तनहुँ शुक्लागण्डकीकाे नगर अधिवेशन असार ११ गते बुधबार हुने भएको छ । नगरको चाैंथाे अधिवेशन बिहान ११ बजेबाट दुलेगौंडामा हुने महिला संघ शुक्लागण्डकीले जानकारी दिएको छ ।

यसअघि जिल्लाका अधिकांश पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । ती अधिवेशनमा सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ । यसै सन्दर्भमा शुक्लाकाे अधिवेशनमा सभापतिमा दुईजनाको चर्चा चलेको छ । जसअनुसार शारदा लामिछाने वडा नं-५ बाट र अन्जु सिंह ठकुरी वडा नं १२ बाट रहेका छन् । यद्यपि अन्तिम सम्ममा सर्वसम्मत हुने सम्भावना पनि रहेको महिला संघकी एक सदस्यले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page