आँबुखैरेनी अस्पतालमा हाडजोर्नी र नशा रोगको विशेषज्ञ सेवा सुरु

आँबुखैरेनी अस्पतालमा हाडजोर्नी र नशा रोगको विशेषज्ञ सेवा सुरु

आँबुखैरेनी गाउँपालिकाले आफ्नै स्रोत साधनबाट हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ सेवा सुरु गरेको छ। गाउँपालिकाले डा. राजकुमार शाहलाई नियमित अनुबन्धमा नियुक्त गरी आँबुखैरेनी अस्पतालमा सेवा दिन थालेको हो।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार डा. शाहको सेवा सुरु भएपछि अब हाडजोर्नी र नशा सम्बन्धी उपचारका लागि स्थानीयवासीलाई पोखरा, चितवन वा काठमाडौं जस्ता सहर जानुपर्ने बाध्यता हटेको छ।
“विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास गाउँपालिकाले लिएको छ ।“यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने हाम्रो अभियानलाई थप बल पुर्‍याएको अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाले आगामी दिनमा अन्य विशेषज्ञ सेवा पनि क्रमशः विस्तार गर्ने योजना बनाएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page