भानु नगरपालिकामा दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम सम्पन्न

भानु नगरपालिकामा दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम सम्पन्न

भानु नगरपालिका–१, भन्सारमा सञ्चालन भएको दुई महिने ढाका तथा जनजाती कपडा बुनाई तालिम सम्पन्न भएको छ। बैशाख १२ गतेदेखि सुरु भई असार ११ गतेसम्म सञ्चालन भएको तालिमले महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वावलम्बी बन्ने अवसर उपलब्ध गराएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आनन्द राज त्रिपाठी, विशिष्ट अतिथि उपप्रमुख उमा गोतामे, तथा कार्यक्रम अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख आनन्द राज त्रिपाठीले सामुदायिक सशक्तीकरणका लागि व्यावसायिक सीप विकास अनिवार्य रहेको र यस तालिमले सहभागीहरूलाई व्यवहारिक सीप प्रदान गरेको भन्दै जुन भविष्यमा आत्मनिर्भर बन्न सहयोगी हुने बताए । नगर प्रमुख त्रिपाठीले आगामी दिनमा यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिइने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा गोतामेले सीप नै आत्मनिर्भरताको मूल आधार रहेको र महिलाहरूले यस्ता तालिमबाट प्राप्त ज्ञानलाई आयआर्जनसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको कुरा औल्याइन्।
भानु नगरपालिकाले महिलाहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रमका अतिथिहरूले सहभागीकाबीच प्रमाणपत्र वितरण गर्दै भविष्यमा पनि यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा वडा १ अध्यक्ष कान्छि माया तामाङ, वडा ५ का अध्यक्ष नहकुल अधिकारी, प्रशासकीय अधिकृत कृपाहरि लौडारी, सूचना प्रबिधि अधिकृत राजिब घिमिरे, कर्मचारी बसन्ती शाह, सहभागी, प्रशिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रशिक्षण विष्णु कुमार चौधरी र चन्द्रमाया तामाङले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page