काहुँशिवपुर सडक तथा भिरकाेटमा बनेको अस्पतालकाे अध्यक्ष श्रेष्ठले गरे अनुगमन

काहुँशिवपुर सडक तथा भिरकाेटमा बनेको अस्पतालकाे अध्यक्ष श्रेष्ठले गरे अनुगमन


ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा सन्चालित विभिन्न योजनाहरुको
स्थलगत अनुगमन गरेका छन् । अध्यक्ष श्रेष्ठको नेतृत्वमा शनिबार गाउँपालिकामा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।उक्त क्रममा अध्यक्ष श्रेष्ठले भिरकोटमा निर्माणाधिन १५ शैयाको आधारभुत अस्पताल, कालोपत्रे गर्न लागिएको काहुँशिवपुर सडक खण्ड, ढुङगाडे पार्क, भिरकोट बस्ती जाने सडक तथा मन्दिरहरूकोे अनुगमन गरेका थिए ।
वडा नम्बर ४ को भिरकोटमा संघीय सरकारको आर्थिक सहयोगमा ऋषिङ्ग गाउँपालिकाको १५ शैयाको आधारभुत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पतालको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले निर्माणको क्रममा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए । अस्पतालको निर्माणपछि ऋषिङका जनताले आधारभुत स्वास्थ्य सेवाको लागि अन्यत्र धाउनु नपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
अस्पताल भवन निर्माण सम्पन्न भएपश्चात दक्ष जनशक्तिको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष श्रेष्ठले बताए । कुल ७ करोड ७७ लाख ९७ हजार ९ सय ८८ रूपैँयाको लागतमा निर्माण भईरहेको उक्त अस्पताललाई ऋषिङ गाउँपालिकाको गौरवपुर्ण आयोजनाको रुपमा हेरिएको छ ।
यसैगरि गण्डकी प्रदेश सरकारको १५ करोडको लागतमा काहुँशिवपुर सडक खण्डको करिब ६ किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको छ । ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्रे गरिने गाउँपालिकाले जनाएको छ ।


यसैगरि ऋषिङ गाउँपालिका–६ ढुङ्गाडेमा निर्माण भई रहेको पार्क भित्रै भलिबल ग्राउन्ड र ब्याडमिन्टन ग्राउन्ड बनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page