रास्वपा बन्दिपुरकाे सभापतिमा श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुर गाउँ कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । सनिवार सम्पन्न पार्टीको बिस्तारित भेलाबाट संगित श्रेष्ठकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको पार्टी नेता शशि रूपाखेतिले बताइन् । समितिकाे उपसभापतिमा किशन प्रधान , सचिवमा सुमित गुरुङ , काेशाध्यक्षमा जमुना गुरुङ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा प्रमिला बिक , नविन भट्टराई ,जस्मिन गुरुङ र भीम गुरुङ चयन भएका छन्

























