रास्वपाकाे हस्ताक्षर अभियान म्याग्देका विभिन्न वडा तथा टाेलमा पुग्यो !
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दावी गर्दै रास्वपाले जिल्लाका विभिन्न ठाउँमा सुरु गरेको हस्ताक्षर कार्यक्रम म्याग्दे गाउँपालिका–१ मा समेत पुगेको छ । रा.स्व.पा. म्याग्देले हस्ताक्षर संकलन अभियान म्याग्देका विभिन्न वडामा पुगेकाे भन्दै वडा नं १ मा हस्ताक्षर संकलन अभियान अन्तर्गत घरदैलो कार्यक्रम भएको बताएको छ ।

हस्ताक्षर कार्यक्रममा गाउँपालिका सभापति मनोज अधिकारी लगायत वडा सभापति तथा अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको बताइएको छ । सभापति अधिकारीले पार्टी संगठन सुदृढीकरण, नीति र कार्यक्रमको जानकारी दिने उद्देश्यले सुरु गरिएको यो अभियानमा सबैको साथ र सहयोगकाे अपेक्षा रहेको बताए ।

रा.स्व.पा. म्याग्दे गाउँपालिका–१ का स्थानीयले यस अभियानलाई सकारात्मक रूपमा लिएको समेत अधिकारीले दावी गरे ।
























