सत्यवती माविका एसइई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान
व्यास २ दमाैली स्थित सत्यवती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको छ । साेमबार बिद्यालयमा आयाेजित कार्यक्रममा उत्तीर्ण बिद्यार्थीलाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , व्यास २ का अध्यक्ष काशीराम श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।
सत्यवतीमा यसपटक एसइईकाे तीन सय उन्नाइस जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये तीन सय तीन जना पास भएका छन् ।

जसमा ३.६ माथि ९२,३.२ देखि ३.६ सम्म एक सय तेह्र,२.८ देखि ३.२ ८२,२.४ देखि २.८ सम्म १५ जना रहेका छन् । कूल पास प्रतिशत ९४.९८ रहेको छ भने अन्वेषिका शर्माको उत्कृष्ट जिपिए ३.९८ रहेको छ ।


























