तास खेलिरहेको अवस्थामा बन्दिपुरकी रूपा सहित ९ जना पक्राउ

तास खेलिरहेको अवस्थामा बन्दिपुरकी रूपा सहित ९ जना पक्राउ

काठमाडौं महानगरपालिका १ सेतोढोका स्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँकाे बन्दिपुर गाउँपालिका ४ घर भइ काठमाडौं, रानिवन बस्ने वर्ष २९ कि रुपा गुरुङ लगायत रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा गुरूङ सहितका मानिसलाई पक्राउ गरेको हाे । उनिहरूबाट तास बुक थान ८, मोबाइल थान ११ र नगद रू. ७१,२६५।- (अक्षरेपि एकहत्तर हजार दुई सय पैंसठ्ठी) सहित नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका सुचना अधिकारी प्र उ अपील राज बाेहराले बताए ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका ४ घर भइ काठमाडौं, स्वयम्भु बस्ने वर्ष ४५ को चेन्जे शेर्पा. मुस्ताङ,थासाङ गाउँपालिका ६ घर भइ ऐ. बस्ने वर्ष ३६ कि सर्मिला गौचन , काभ्रेपलान्चोक, बनेपा नगरपालिका १ घर भइ काठमाडौं, कलंकी बस्ने वर्ष ४१ को यज्ञ कुमार श्रेष्ठ , नुवाकोट, दुप्चेश्वर नगरपालिका १ घर भइ काठमाडौं, कपन बस्ने वर्ष ३९ को कृष्ण तामाङ , मकवानपुर, थाहा नगरपालिका ८ घर भइ काठमाडौं, मनमैजु बस्ने वर्ष ३३ कि निरमाया तामाङ , भोजपुर, साल्पासिलिछो गाउँपालिका ५ घर भइ काठमाडौं, कपुरधारा बस्ने वर्ष २१ को रमेश राई र खोटाङ, हलेसी नगरपालिका ५ घर भइ काठमाडौं, लोकन्थलि बस्ने वर्ष ४३ को रुपेन्द्र कुमार राई तथा म्याग्दी, रघुगंगा नगरपालिका २ घर भइ काठमाडौं, टोखा बस्ने वर्ष ४० का सिमा शाही रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page