लागू औषधसहित सुन्दरबजार बाट तीन युवा पक्राउ
लमजुङ प्रहरीले सुन्दरबजारबाट प्रतिबन्धित लागू औषधसहित तीन जना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुन्दरबजार -९ का २८ वर्षीय किसान गुरुङ, सोही ठाउँका रोशन गुरुङ तथा वडा नं. ६ का २० वर्षीय विशाल गुरुङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ११० क्याप्सुल ट्रामाडोल, ७ ग्राम गाँजा जस्तो देखिने पदार्थ र कारोबारमा प्रयोग भएको नगद २०,११५ बरामद गरेको छ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई खरिद-बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

























