अम्रेनीमा भएको सवारी दुर्घटनामा स्कुटर चालक सागरकाे मृत्यु

अम्रेनीमा भएको सवारी दुर्घटनामा स्कुटर चालक सागरकाे मृत्यु

पृथ्वीराजमार्ग स्थित अम्रेनीमा भएको सवारी दुर्घटनामा स्कुटर चालक सागर न्याैपानेकाे मृत्यु भएको छ । छिर्कने बाट दमाैली तर्फ आउँदै गरेको स्कुटर अगाडि राेकेकाे बा१ क ८४१४ नम्बरको गाडीकाे पछाडि ठाेक्किएकाे थियो । स्कुटर ठाेकिँदा गम्भीर घाइते भएका चालक व्यास १४ का सागरलाइ दमाैलीकाे रत्नहरी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

स्कुटर पछाडि बस्ने घाइते महिला कृष्णमाया पन्त लाइ थप उपचारको लागि पाेखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page