तनहुँमा तास खेल्ने ६ जना नगद ६३ हजार सहित पक्राउ
तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानी स्थित दिलमाया आलेको घरमा भाडामा बस्ने कमल रानाले सञ्चालन गरेको कटेजबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूबाट चार बुक तास र नगद रु ६३ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. १ घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारा बस्ने वर्ष ३५ का इन्द्र बहादुर डाँगी ,तनहुँ, म्याग्दे गाउँपालिका वडा नं. ५ साउनेपानी बस्ने वर्ष ४० का कमल राना , शुक्लागण्डकी नगरपालिका वडा नं. ७ नमुना बस्ती बस्ने वर्ष ५५ का अङ्ग बहादुर तामाङ , वडा नं. ७, खैरेनीटार बस्ने वर्ष ५१ का उपेन्द्र तिम्सिना , भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ४५ का राजु थापा र भिमाद नगरपालिका वडा नं. ८ भाँगर बस्ने वर्ष ५२ का केशवराज कँडेल रहेका छन् ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

























