भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत

भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत


तनहुँकाे भानु नगरपालिकाले वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत गरेकाे छ । नगरपालिकाकाे १६ औं अधिवेशनकाे तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ काे लागि ९२ कराेड ४ लाख ३ हजार ७ सय १५ रुपैयाँको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत गरिएकाे भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले जानकारी दिए ।
नगरपालिकाले सबैभन्दा बढी प्राथमिकता पूर्वाधार र शिक्षा क्षेत्रलाई दिएकाे छ । पूर्वाधार तर्फ नगर स्तरीय क्रमागत ४ कराेड ४३ लाख ८२ हजार ४ सय ४५ रुपैंया, वडागत तथा नगर उप-प्रमुख कार्यक्रममा ७ कराेड ७० लाख , शिक्षा, युवा तथा खेलकूद शाखाका लागि ३ कराेड ३३ लाखकाे बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे छ । स्वास्थ्य क्षेत्रका लागि ८५ लाख, सामाजिक बिकास शाखाकाे लागि ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास शाखाकाे लागि ४५ लाख, कृषि शाखाकाे लागि ३० लाख, न्यायीक शाखाकाे लागि १८ लाख ४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे उप- प्रमुख उमा गाेतामेले बताइन्।
गतअसार ५ गते शुरू भएको १६ औं नगर सभाको तेस्रो बैठक मंगलबार भानु नगर प्रमुख आनन्द राज त्रिपाठीकाे अध्यक्षतामा फुस्रेटारमा सम्पन्न भएको हाे | वडाका चालु र पूँजीगत योजनाहरु, विषयगत शाखाको बजेटहरु प्रस्तुत भएको छ भने स्वास्थ्यमा विमा कार्यक्रम शिक्षामा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम, स्थानीय पाठ्यक्रम(हाम्रो भानु ) पुस्तक, शैक्षिक प्रद्वर्शनी, कक्षा ६ का विद्यार्थीलाई रु २० का दरले दिवा खाजा कार्यक्रम, MBBS प्रोत्साहन कार्यक्रम, कृषि तर्फ भूमि बैंक कार्यक्रम एवं न्यायिक शाखाको इजलास स्थापन एवम् कृषिमा गण्डकी प्रदेश सरकार संग कृषि नव प्रवर्दक कार्यक्रम अन्तरगत भानु नगरपालिकाले आगामी आर्थिक वर्षमा गुन्द्रुक, तोरी र निबुवाको पकेट क्षेत्र, उत्पादन तथा ब्रांडिंगको कार्यक्रमका साथ आगामी आर्थिक वर्षमा कृषि एम्बुलेन्सको खरीद गरि भानुमा उत्पादन भएको कृषि उपजलाई संकलन तथा बजारीकरणको व्यवस्थापनको लागि नगरपालिकाले आ.व.०८२/०८३ को बजेटमा समावेश गरिएको छ |

त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे असार३१ सम्ममा २ कराेड २७ लाख १० हजार ४ सय ४१ रुपैयाँ राजश्व संकलन गरिएकाे वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए । नगरपालिकाका नागरिकको आवश्यकताकाे आधारमा साथै नगरबासीकाे स्वास्थ्य , शिक्षा, कृषि तथा पशुपालन , धार्मिक , साँस्कृतिक , पर्यटन लगाएतका क्षेत्रलाई समेत महत्त्व दिएर बजेट विनियोजन गरिएकाे नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । भानु नगरपालिकाकाे वडा नं २ काे केन्द्र नारेश्वरटारमा कायम गर्ने, वडा नं १ र ५ काे विषयमा छिट्टै सहमति हुने र नगरपालिकाकाे केन्द्रकाे टुँगाे पनि छिटोभन्दा छिटाे टुङ्याउने गरि छलफललाई तिब्र पारिएकाे नगर प्रमुख त्रिपाठीले नगर सभामा जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page