आँबुखैरेनिमा खुल्यो दुर्ब्यसनिहरुका लागि पिस हेवेन पुन:स्थापना केन्द्र

आँबुखैरेनिमा खुल्यो दुर्ब्यसनिहरुका लागि पिस हेवेन पुन:स्थापना केन्द्र

आबुखैरेनी गाउँपालिका वडा नं. २ बरादी स्थित पिस हेवेन पुनःस्थापना केन्द्र संचालनमा आएको छ। आबुखैरेनी गाउँपालिकामा लागू औषध कारोबार अत्याधिक मात्रामा हुने गरेको तथ्य सार्बजनिक भएको सन्दर्भ र तनहुँ, गोरखा, लमजुङमा दुर्ब्यसनिको संख्या दिनानुदिन बढदो क्रममा रहेको अवस्थामा पुनःस्थापना केन्द्र सञ्चालनमा आएकाे हाे। लागू औषध दुर्ब्यसन सगै दिर्घकालिन स्वास्थ्य समस्या एच आइभी, हेपाटाइटिस, अब्सेस जस्ता संक्रमणकालिन रोगहरुले ब्यक्तीलाई आक्रान्त पार्ने समाजमा यसको भयावह अवस्था आउनसक्ने र क्षतिलाइ न्यूनीकरण गर्न पुनःस्थापना केन्द्र संचालनमा ल्याइएको पुनःस्थापना केन्द्रका अध्यक्ष रबिन्द्र श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार गाजा सेवन गरि मानसिक सन्तुलन बिग्रेका युवा पुस्ता देखि लिएर धेरै रक्सी पिउने बानिले हात खुट्टा लरखराउने छाडा बोल्ने ब्याक्ती टायावलेट, सुइ मार्फत अनेकै प्रकारमा ड्रग्सको सेवनले लागुपदार्थको दलदलमा फसेका युवाहरुको जिवनमा सुधार ल्याउने उदेश्यले पुनःस्थापना केन्द्र संचालनमा ल्याइएको हो।

संचालनमा आए सगै पिस हेवन पुनःस्थापना केन्द्रले धेरै दुर्ब्यसनिहरुलाइ पुनर्जीवन दिएको छ। दुब्यसनले घर परिवार डामाडाेल भएकै कारण पुनःस्थापना केन्द्रमा भर्ना भएर उपचारमा आए पश्चात अहिले समाजको मार्गदर्शक रोलमोडल बनेर पेशा, ब्यवसाय समालेर बसेका प्रसस्तै उदाहरणहरु छन।

लमजुङ, तनहुँ, गोरखाको केन्द्रबिन्दुमा रहेको आबुखैरेनी गाउपालिकाका मातहतका क्षेत्रहरूमा भारतको सिमाबाट लागुऔसध कारोबारीले ट्रान्जिट पोइन्टको रुपमा सार्बजनिक भएपछि सेवन कर्ता र ड्रगीस्टको संख्या दिनप्रतिदिन बढदो क्रममा छ। यसको असर लागू औसध प्रगोगकर्ताले आफ्नो डाेज परिपुर्ति गर्न अत्याधिक मात्रामा पैसा जुटाउन चोरी, ठगि, गर्ने अभिभावक लाई दुख दिने सताउने यातना दिने, समाजमा विभिन्न कर्तुत हर्कतहरु गरि अभिभावकलाई लज्जित तुल्याउने जस्ता आचरणजन्य मनोवृत्ति दुर्ब्यसनिमा कायम रहने हुँदा आचरण सुधारको लागि पुनःस्थापना केन्द्र आवस्यक रहेको श्रेष्ठले बताए।

पुनस्थापना केन्द्रमा पारिवारिक बातावरणमा गुणस्तरीय उपचार साइक्याट्रिक डक्टर, नर्स, परामर्श सेवा बिस्तार गरि गुणस्तरीय उपचारको ब्यवस्थापनमा असल र सृजनशिल नागरिक बनाइ घर, परिवारका साथै समाजमा पुनः स्थापित गर्ने आसाले पिस हेवन पुनस्थापना केन्द्रको स्थापना भएको हो। हाल पुनस्थापना केन्द्रमा १० जना दुर्ब्यसनिहरु आवासिय रुपमा उपचाररत छन । यहाँ विभिन्न  दुब्यसनको दलदलमा फसेका युवाहरू लाई भर्ना गरिदै आएको छ।

तनहुँ जिल्लाका तत्कालीन सहायक सिडियो जित बहादुर भण्डारी, इलाका प्रहरी कार्यालय आबुखैरेनीका इस्पेस्टर टेक प्रसाद सुवेदी, प्रहरी जवान प्रेम गुरुङले पुन:स्थापना केन्द्रको अनुगमन गर्नुका साथै उपचाररत दुब्यसनिहरु सग कुराकानी गरेका थिए।

आत्मज्ञान प्रचारका माधव पौडेलले आध्यात्मिक दर्शन ध्यान, साधना योग मार्फत आन्तरिक सान्त्वना प्रदान गर्न ब्यवहारिक सीप सिकाएका थिए।

१२ रोपनिमा फैलिएको पुनस्थापना केन्द्र परिसरमा प्रसस्त मात्रामा तरकारी खेती को बिस्तार गरिए सगै हाट बजारमा समेत तरकारी बेचेर मनग्य आम्दानी गरिएको छ। आय आर्जनमा उपचाररत दुर्ब्यसनीहरुको सक्रियतामा तरकारी खेती भैरहेको छ। पछि घर परिवार समाजमा गएपछी आत्म निर्भर हुन सक्ने उदेश्यले कृषिमा आत्मनिर्भर हुन अभिप्रेरित गरेको छ। निकट भबिस्यमा कुखुरा पालन, बाख्रा पालन, बङगुर पालन जस्ता कार्य गर्ने योजना रहेको छ। पिस हेवन पुनस्थापना केन्द्रमा उपचारमा ल्याइ सुधार गर्न चाहने अभिभावकले ९८६६०२४५८४,९७०४४८२२७८ मा सम्पर्क गर्न सकिने पुनस्थापना केन्द्रका अध्यक्ष रबिन्द्र श्रेष्ठले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page