व्यास जग्गा खरिद प्रकरण – सर्जमिनमा १ जनाले हुन्छ भन्दा ३५ जनाले हुँदैन भने !

व्यास जग्गा खरिद प्रकरण – सर्जमिनमा १ जनाले हुन्छ भन्दा ३५ जनाले हुँदैन भने !


तनहुँको व्यास नगरपालिकाको सुक्ष्म वर्गीकरण केन्द्र निर्माणका लागि जग्गा खरिद गर्ने कार्यमा स्थानीयले बिराेध गरेका छन् । नगरपालिकाले व्यास १३ मा रहेको ३९ रोपनी १५ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको युगिन कृषि फार्मको नामको जग्गा खरिद गरी सरसफाई सुक्ष्म वर्गीकरण केन्द्र ( फाेहाेरमैला बिसर्जन ) निर्माण गर्न अगाडि बढिरहेका बेला स्थानीयले बिराेध गरेका हुन् । सो प्रयोजनका लागि नगरपालिकाले सम्पूर्ण मुआब्जा व्यहोर्ने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाए पनि स्थानीयहरू तथा संधियारहरूले सो स्थानमा केन्द्र स्थापना गर्न नहुने बताएका हुन् । विवादका सन्दर्भमा गृह मन्त्रालयले स्थलगत सर्जमिन गरि वास्तविकता केहाे बुझी पठाउन भनेको थियो । जसअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत बिकास श्रेष्ठको संयाेजकत्वमा गठित संयुक्त छानबिन समितिले वडाबासी, सरोकारवालाहरू र जग्गा सधिंयारहरूको सहभागितामा स्थलगत सर्जमिन गरेको थियो ।

समितिमा व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हड्खले र वरिष्ठ प्रशासन सहायक विष्णु कुमार जोशी सदस्य रहेका थिए। सर्जमिनको क्रममा स्थानीयहरूले सो स्थानमा सुक्ष्म वर्गीकरण केन्द्र निर्माण गर्न नहुने धारणा व्यक्त गरेका थिए। सर्जमिनमा सहभागी ३६ जना मध्ये ३५ जनाले राख्न नहुने भनी सहि गरेका र एकजनाले राख्नुपर्नेमा सहि गरेका संयाेजक श्रेष्ठले जानकारी दिए । टाेलिले जस्ताको तस्तै सर्जमिन ल्याएर जिम्मेवारी दिए अनुसार काम गरेर बुझाएकाे बताइएको छ । स्थानीयले गाउँवस्ति र खानेपानीको नजिकै यस्तो राख्दा गम्भीर असर पर्ने भन्दै बिराेध गरेका थिए , भने एकजनाले बिकास हुन्छ भने राख्नुपर्छ भनेका थिए ।साेही बमोजिमको मुचुल्का प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले तयार गरेका थिए ।
यससँगै व्यास नगरपालिकाकाे यस प्रयास असफल हुने देखिएको छ । साेही जग्गा खरिदका विषयमा केही समय अगाडि निस्केको अडियो काण्डले हंगामा मच्चाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page