भिमाद नगरस्तरीय दलित महिला सञ्जालको अध्यक्षमा पार्वती

भिमाद नगरस्तरीय दलित महिला सञ्जालको प्रथम अधिवेशन भिमादमा सम्पन्न भएको छ ।
सञ्जालकी अध्यक्ष संगिता विकको अध्यक्षता र भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पार्वती परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिलकुमारी बस्याल, सचिवमा संगिता रतन, कोषाध्यक्षमा देवी नेपाली, सहसचिवमा दुर्गा बस्याल चयन भएका छन्। सदस्यहरूमा मिना नेपाली, कमला नेपाली, सावित्री बिक, बिनु परियार, रञ्जना परियार र सुकमाया नेपाली रहेका छन्।
नवगठित कार्यसमितिलाई विभिन्न अतिथि तथा सहभागीहरूले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख शारदा खनालले महिला सशक्तिकरणको दृष्टिकोणले यस्ता सञ्जालहरू अत्यन्त आवश्यक रहेको बताइन्। उनले दलित महिलाहरूको हक–हितका विषयमा संस्थागत रूपमै काम गर्नु सकारात्मक पहल भएको उल्लेख गरिन्।
सञ्जालकी अध्यक्ष संगिता विकले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरिन्। साथै, उनले सञ्जालको निरन्तर प्रगतिको कामना गर्दै नवनिर्वाचित टिमलाई सफलताको शुभकामना दिइन् ।
सञ्जालले सञ्जालका सल्लाहकार शालिकराम गहतराज र दिना गोतामेलाई सम्मान गरेको थियो।

























