आँबूखैरेनी अस्पताललाई नहर्कीले गरे १७ हजारकाे कुर्सी सहयोग

आँबूखैरेनी अस्पताललाई नहर्कीले गरे १७ हजारकाे कुर्सी सहयोग

आँबूखैरेनी, साउन ८ – आँबूखैरेनी गाउँपालिका–१ निवासी समाजसेवी सुजन नहर्कीले आँबूखैरेनी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरूको सुविधाका लागि कुर्सी सहयोग गरेका छन् । नहर्कीले रु १७,२५० बराबरकाे १५ थान प्लास्टिक कुर्सी सहयोग गरेका हुन् ।


सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डि.बि. क्षेत्री लगायत अस्पतालका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समाजसेवी नहर्कीले यस सहयोगले अस्पतालमा सेवा लिने नागरिकहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष चुमानले अस्पतालप्रतिको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै अन्यलाई पनि यस्ता सामाजिक कार्यमा अग्रसर हुन आह्वान गरे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page