नापी कार्यालय तनहुँमा १० बजे राष्ट्रियगान गाएपछी मात्रै काम सुरु

नापी कार्यालय तनहुँमा १० बजे राष्ट्रियगान गाएपछी मात्रै काम सुरु

नापी कार्यालय तनहुँले राष्ट्रप्रतिको सम्मान, सामाजिक सद्भाव र एकता अभिवृद्धिका लागि कार्यालयको दैनिक कामकाज राष्ट्रिय गान गाएर सुरु गर्ने अभ्यासको थालनी गरेको छ। कार्यालयले प्रत्येक दिन बिहान १० बजे कार्यालय सुरु हुनुअघि राष्ट्रगान बजाउने र त्यसपछि मात्र काम थाल्ने गरेको हो। कार्यालय प्रमुख विजय कुमार सिंहका अनुसार “राष्ट्रिय गानले देशको महिमा, पुर्खाको गौरव, सहिद र जनताको बलिदान सम्झाउने मात्र होइन, कर्मचारीलाई सकारात्मक प्रेरणा दिने भएकाले यो अभ्यास थालिएको हो। यसरी कार्यालय सुरु गर्नु अघि राष्ट्रिय गान गाउने परम्परा सुरु गर्ने नापी कार्यालय सम्भवत: जिल्लामै पहिलो हाे ।

यससँगै कार्यालय प्रमुख सिंहले कार्यालयकाे आन्तरीक सुधार तथा व्यवस्थापनलाइ सुदृढ र मजबुत बनाएका छन् । हाल नापी कार्यालयमा करिब सबै रेकर्डहरू पहिले जस्तो पुरानो ढड्डा खाेज्दै बस्नुपर्ने जस्तो छैन ,कम्प्युटर सिस्टममा रेकर्ड हरू राख्ने गरिएको छ । कार्यालयमा बत्ती जाँदा पनि इन्भटरबाट काम हुने गर्दछ । कर्मचारीहरू सभा दस बजेपछि आउनेलाइ हाजिर नलिने र के कारणले किन नआएकाे खुलाउनुपर्ने नियम कार्यालय प्रमुख सिंहले बसालेका छन् । इलेक्ट्रिक हाजिर रेकर्डमा बिहान १० बजे र साँझ ५ बजे हाजिर गर्नुपर्नेछ ।

यस्तै कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति , प्रधानमन्त्री सँगै भानुभक्त , व्यास र पराषरकाे फाेटाे राखिएकाे छ । त्यतिमात्रै हाेइन मुख्य गेटमा समेत प्रमुख सिंहले व्यास र पराषरकाे फाेटाे टाँसेका छन् । कार्यालय आकर्षक बनाउन फुलकाे गमला राख्ने , सफासुग्घर र कार्यालय काेठाहरू व्यवस्थित तथा चिटिक्क राख्ने गरिएको छ ।
यस्तै कार्यालयमा विचाैलियालाइ प्रवेश निशेध समेत गरिएको छ । सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा दिन प्रमुख सिंहले आफ्नाे टेवल नैँ अन्य कर्मचारीकाे कार्यकक्षमा राखेका छन् । झण्डै २ वर्ष अगाडि तनहुँ आएका उनकाे मातहत हाल १५ जना प्राविधिक सहित २७ जना कर्मचारी रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page