नेपाल महिला संघ घिरिङकाे सभापतिमा लक्ष्मीमाया बस्ताकाेटी
नेपाल महिला संघ घिरिङ गाउँपालिकाको चौथाे अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट नेपाल महिला संघ घिरिङ गाउँपालिकाको सभापतिमा लक्ष्मीमाया बस्ताकाेटी सर्वसम्मत चयन भएकी छिन् ।

अधिवेशनले उपसभापतिमा दिलुथापा (५ )र बिष्णु परियार (४), सचिवमा – लक्ष्मी सुनार ( १ ) सचिव कमला थापा (५) , सहसचिव-सविना थापा (२) र कोषाध्यक्षमा सुन्दरी लामिछाने १ लाई चयन गरेको छ ।

यस्तै समितिकाे सदस्यहरूमा टकमाया थापा (२) ,सुना गुरुङ (३), पवित्रा थापा( ३) , कल्पना रानाभाट (४)” नानिमाया रानाभाट (४) , भिमकुमारी थापा (४) , श्रीमाया थापा (४ ) , नीरमाया बि क (५) चयन गरेको छ ।
त्यसअघि अधिवेशन कार्यक्रममा प्रमुख अतिथि
नेपाली काग्रेसका उप सभापति एवम् ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा ने का महासमिति सदस्य एवं म्याग्दे गाउपालिका निवर्तमान अध्यक्ष मायादेबी राना ,ने का महासमिति सदस्य एबम पुर्ब सांसद सरिता गुरूङ् ,नेपाल महिला सघं सभापति एवम् ने का महासमिति सदस्य पबित्रा पौडेल , गण्डकी प्रदेश कार्यसमिति सदस्य चन्द्रमाया परियार ,महाधिवेशन प्रतिनिधी गिनु माया थापा ,नेपाल महिला सघं उपसभापति चन्द्रकला भट्टराई , पुर्ब महासमिति सदस्य इन्दिरा खनाल ,महिला संघ जिल्ला सचिब कल्पना पोख्रेल , ने म सघं क्षेत्र न १ क्षेत्रीय कार्यसमिति सभापति तारा अधिकारी लगायतले महिला संघको चर्चा र यसको महत्त्वकाे बारेमा बाेलेका थिए ।
























