आँबुखैरेनीमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनी, १८ साउन — तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १, समस्तीपुरस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
पिस हेवन पुनर्स्थापना केन्द्र, बरादी सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, स्थानीय जनप्रतिनिधि, पिस हेवन पुनर्स्थापना केन्द्रका प्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रम अन्तर्गत लागुपदार्थको दुरुपयोग रोक्न तथा नियन्त्रण गर्न आवश्यक चेतना र जानकारी प्रस्तुत गरिएको थियो। सहभागिहरूले समुदाय–प्रहरी साझेदारीमार्फत लागुपदार्थसम्बन्धी समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले पुनर्स्थापना केन्द्रमा रहेका व्यक्तिहरूलाई पुनर्स्थापना र सुधारमा जोड दिनुपर्ने बताए। उनले समुदाय र परिवारलाई पनि जागरुक बनाउनु आवश्यक रहेको उल्लेख गरे। यो बर्ष मात्रै ८० जना लागू औसध कारोबारमा सम्लग्न ब्याक्तिहरु पक्राउ परे जसमध्ये ५ जना महिला ७५ जना पुरुष पक्राउ गरि कानुनी दायरामा ल्याइएको सुबेदिले बताए।
कार्यक्रममा सहभागीहरूले लागुपदार्थ सेवनबाट हुने हानिहरू, सामाजिक र स्वास्थ्य समस्या तथा उपचारका उपायहरूबारे जानकारी पाएर सकारात्मक प्रतिक्रिया दिएका थिए।
यस प्रकारका सचेतना कार्यक्रमहरूले स्थानीय समुदायमा लागुपदार्थप्रतिको जागरुकता बढाउन र युवा पुस्तालाई सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण ईश्वर बास्तोलाले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page