लागु औषध र नगद सहित राइनास लमजुङका मिलन र काठमाडौंका शाहिल पक्राउ
साउन १८ ,
लागु औषध ४३० क्याप्सुल ट्रामाडोल र नगद चौंतीस हजार सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ राइनास नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ४ बस्ने वर्ष २४ को मिलन परियार र काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजार बस्ने वर्ष २५ को शाहिल अलि देवान रहेका छन्।

काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं ४ शेषमति स्थितमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा उनिहरूलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

























