ऐनापहरा बस दुर्घटनाका दुई घाइते चितवन रिफर, तीनजना डिस्चार्ज

ऐनापहरा बस दुर्घटनाका दुई घाइते चितवन रिफर, तीनजना डिस्चार्ज

आँबुखैरेनी , १९ श्रावण । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस ऐनापहरामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग २ ख १०७७ नंबरको बस आइतबार अपरान्ह चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका १ गिरानचौरका आठ बर्षका खुशी राम रामदाम रहेका छन् ।
घाइते मध्ये गम्भीर अबस्थामा रहेका सनबहादुर गुरुङ र सुनु थापालाई भरतपुर रिफर गरिएको छ । बाँकी तीनजना आँबुखैरेनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएका छन् ।

सो बसमा १२ जना यात्रु रहेकामा केही यात्रु ओर्लेर ऐनापहरातिर गएका, केही यात्रु, बसका चालक र सहचालक हाम्फालेर ज्यान जोगाएका इप्रका आँबुखैरेनीका इन्स्पेक्टर टेकप्रसाद सुवेदीले जानकारी दिए । दुईजना यात्रु बससंगै तल पुगेकाले गम्भीर घाइते भएका उनको भनाइ छ । बस ऐनापहराकाे पार्किङ गरेर निकाल्ने क्रममा व्याक गर्दा सिधै तल खसेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page