टिम नेपो तनहुँद्वारा मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
साउन २२ , टिम नेपो तनहुँले ७ औँ स्थापना दिवसको अबसरमा मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक सेवा र वातावरण संरक्षणको उद्देश्यले टिम नेपोले व्यास नगरपालिका वडा नं. ५ मानुङकाेटमा झण्डोत्तोलन तथा वृक्षारोपण कार्यक्रम गरेको हाे।

कार्यक्रममा व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठ , वडा नं. ६ का वडा अध्यक्ष जीवन गुरूङ लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको क्रममा मनमोहक प्राकृतिक क्षेत्र मानुङकोटमा टिम नेपोका सदस्यहरूले राष्ट्रिय झण्डा फहराउने कार्य गरेका थिए। साथै, वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विभिन्न जातका बिरुवा रोपी वृक्षारोपण कार्यक्रम पनि संचालन गरिएको थियो। कार्यक्रममा टिम नेपोका पदाधिकारी, सदस्यहरू, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
टिम नेपो तनहुँले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक तथा सामाजिक रुपान्तरणमा आधारित कार्यहरू निरन्तर रुपमा गर्दै जाने टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठले बताए ।
























