महर्षि बेदव्यासलाइ चिनाउन व्यास नगरपालिका प्रवेशद्वारमा स्वागत बाेर्ड स्थापना
साउन २३ दमाैली ,
महर्षि बेदव्यासको पवित्र जन्मभुमी व्यास नगरपालिकामा प्रवेश गर्ने व्यक्तिहरुलाई स्वागत तथा यस पवित्र भुमिबाट विदाई हुनेका लागि धन्यवाद ज्ञापन गरिएको बोर्ड व्यास नगरपालिकाका सिमानामा राखिएको छ । खेम गुरू नेतृत्वको वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले उक्त स्वागत तथा विदाई बोर्ड राखेको हाे । बिहीबार उक्त बाेर्ड गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्तरूपमा स्थापना गरेका छन् । व्यासको जन्मुभुमी चिनाउनका लागि वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले बोर्ड निर्माण गरि व्यास नगरपालिकाको सिमानामा राखेकोमा सराेकारवालाहरू खुसी भएका छन् ।

उक्त अवसरमा वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य जयश्रीहरि खेमराजले वेदव्यासलाई अझै देश विदेशमा चिनाउनका लागि आफु सदा लागिरहने बताएका थिए । उक्त बोर्ड व्यास नगरपालिकाको सिमाना पुर्व तर्फ व्यास १२ र बन् दीपुर गाउँपालिका वडा नं. १ को सिमाना र पश्चिमतर्फ व्यास ५ म्याग्दे गाउँपालिका वडा नं. १ को सिमानामा राखिएको छ ।

























