ऋषिङ्ग गाउँपालिकाकाे न्यायिक समितिमा मिलापत्रबाटै मुद्दाको समाधान !

ऋषिङ्ग गाउँपालिकाकाे न्यायिक समितिमा मिलापत्रबाटै मुद्दाको समाधान !

तनहुँ, साउन २३ गते । तनहुँको ऋषिङ्ग गाउँपालिकाकाे न्यायिक समितिले मिलापत्रबाटै मुद्दाको समाधान गरेको छ । दुवैलाई जीतको महशुस बनाउन मिलापत्रबाटै समाधान गरिएको समितिले जनाएको छ । समितिका अनुसार हार र जीतको अवस्थामा दुवैलाई नोक्सान हुन्छ भनि सम्झाई बुझाई परामर्श दिएर मेलमिलापको माध्यमबाट समाधान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा जेला मजदुरी सम्बन्धी बिवाद ४ , गाली बेइज्जती सम्बन्धि बिवाद ४ , ठगी सम्बन्धि विवाद १ , आर्थिक हिसाबकिताब र हिनामिना सम्बन्धि विवाद ३ , खाता राेक्का सम्बन्धि विवाद १ , धनमाल लगी नतिरेको सम्बन्धि विवाद १ र अन्य ३ गरि १६ वटा मुद्दाका निवेदन परेकामा ८ वटा फर्छाैट भएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले जानकारी दिइन् । आव २०८०/८१ मा दायित्व सरी आएको ९ र आव २०८१/८२ मा १६ गरी २५ वटा मुद्दा दर्ता भएकोमा १३ वटा अर्थात् ५० प्रतिशत भन्दा बढी समाधान गरिएको थापाले जानकारी दिइन्। अदालती प्रकृयामा जाँदा खर्चिलो हुने एउटाको जीत र अर्काको हार हुने अवस्था रहेपनि न्यायीक समितिले दुुवै पक्षको जीत जीतको अवस्था सुनिश्चित गर्दै आएकाे उपाध्यक्ष थापाले बताइन् ।

न्यायीक समितिबाट आँफुुहरुले पाएको क्षेत्राधिकारभित्र रही परेका उजुरीलाई धेरै हदसम्म निरुपण गर्न सफल भएको उनी बताउँछिन् । दुुवैको जीत जीतको महसुस गराउँदै न्याय दिँदा आफुुहरुलाई काम प्रति सन्तुष्टि मिलेको थापाले बताइन् । 

‘‘कानुनको पाटो र समझदारीको पाटो फरक हुन्छ हामी कहाँ मुद्धा मिलापत्रले जीत÷जीत भएको छ कसैको पनि हारजीत भएको छैन ।’’ परिवार भित्रको र समाजको विवाद घर परिवार भित्र र समाजमा नै बसेर तत्काल विवादका पक्षहरुलाई सहभागी गराएर मेलमिलापको पक्रियाद्वारा छलफल गराएर विवाद सदाका लागि समाधान ग¥यो भने समाजमा शान्ति कामय र विकास गर्न सकिने थापा बताउँछिन्।

समितिलाई दिएको क्षेत्राधिकारभित्र रहेर धेरैभन्दा धेरै विवाद समाधान गर्ने प्रयास गरिएको र अधिकांश विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक समितिले जनाएको छ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाइ अधिकांश मिलापत्र गरिएको समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन गाउँपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक थापा सहित न्यायिक सम्पादनका सदस्यहरु माधवप्रसाद थापा र दलबहादुर थापाकाे समिति छ । गाउँपालिकाले वडामै विवाद समाधान गर्नका लागि सबै वडामा मेलमिलाप कर्ता गठन गरि न्याय प्रशासनलाई सहज ,छिटोछरितो एवम् नागरिकमैत्री बनाउने र न्यायिक सचेतना कार्यक्रम गर्ने तयारीमा रहेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page