दमाैलीका व्यवसायीलाई कर शिक्षा !

दमाैलीका व्यवसायीलाई कर शिक्षा !

दमाैलीका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षाबारे जानकारी नहुँदा विभिन्न व्यवसाय गर्नेहरुलाई समस्या झेल्नुपर्ने बाध्यता रहेको बेला कर परिपालना सम्बन्धि सचेतनामुलक करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईकाे आयाेजना तथा आन्तरिक राजश्व कार्यालय दमाैली तनहुँकाे सहकार्यमा भएको कार्यक्रममा व्यवसायीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त अवसरमा व्यवसायीहरुलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय तनहुँका कर अधिकृत ठाकुर प्रसाद सुवेदीले व्यवसायीहरुले हिसाबकिताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विषयमा जानकारी गराएका थिए । उक्त अवसरमा व्यवसायीहरुले पनि करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए ।व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको समाधान गर्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले बताए ।

तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लकाे सभापतित्वमा भएको कार्यक्रममा जिल्ला पुर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ , इकाई सचिव अञ्जु दाहाल लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page